सोमबार, श्रावण १८,२०८३ 07:04:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:04:35
Bizshala
Global IME Bank Limited

पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र

पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र
New Office

काठमाण्डौ । पञ्चकन्या स्टील प्रालिले ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले फलामे छडहरूले प्राप्त गर्ने ५०० एक्सडी र ५५० एक्सडी रिबार प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।  

यो कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआईआई – सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने कम्पनीले दाबी गरेको छ ।

ग्रिनप्रो इकोेलेबललाई ग्लोबल इकोेलेबललिङ नेटवर्कद्वारा जेनिसेशको अन्तरदेशीय रूपमा समन्वित इको लेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ ।

पञ्चकन्या स्टीलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्ने कम्पनीले उल्लेख गरेको छ ।  

पञ्चकन्या समूहले नेपालमा स्टील, प्लास्टिक, निर्माण सामग्री र जलविद्युतमा लगानी गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.