बुधबार, भाद्र ३,२०८३ 09:54:07
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:54:08
Bizshala
Global IME Bank Limited

नेपाली रुपैयाँको तुलनामा डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाली रुपैयाँको तुलनामा डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत जेठ ३० गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ थियो ।  

आज एक यूरोको खरिददर १४३.२८ रुपैयाँ र बिक्रीदर १४३.९२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.४७ रुपैयाँ र बिक्रीदर १७०.२४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.१२ रुपैयाँ र बिक्रीदर ८९.५२ रुपैयाँ रहेको छ ।  

Bizshala
CG Motors

१० जापानी येनको खरिददर ८.४३ रुपैयाँ र बिक्रीदर ८.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३५ रुपैयाँ र बिक्रीदर २८.४८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.५६ रुपैयाँ र बिक्रीदर ४३७.५१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.