काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र साधारण सभाको निर्ण पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १÷१ जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले आगामी असार २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।