काठमाण्डौ । हिमालयन उर्जा कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि आगामी असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको रु १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाईसकेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।