काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ ।
असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो ।
गत जेठ ३१ गते सम्पन्न भएको यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।
सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।