सोमबार, आश्विन २६,२०८३ 06:00:51
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 06:00:51
Bizshala
Global IME Bank Limited

टिकेटिङ् पोर्टल ई–सेभेन स्टार डटकम सञ्चालनमा, सस्तो, छिटो र भरपर्दौ माध्यमबाट टिकट काट्न सकिने

Bizshala
टिकेटिङ् पोर्टल ई–सेभेन स्टार डटकम सञ्चालनमा, सस्तो, छिटो र भरपर्दौ माध्यमबाट टिकट काट्न सकिने
New Office

काठमाण्डौ । ट्राभल एजेन्सीको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो ।  

सेवाको उत्कृष्टताको एक दशक मनाउँदै कम्पनीले आफ्नो एक दशक लामो अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको जनाएको छ । ‘विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ ,’ इसेभेन स्टारको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भने ‘यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।”

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको ई–सेभेन स्टा मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आँफैँले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । 

अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ भने अव साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै ई–सेभेन स्टारको विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको कम्पनीले दाबी गरेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.