काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउसको संस्थापक समूहको ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूलयमा नघटाई पेश गर्नु पर्नेछ । इन्छुक संस्थापक सेयरधनीले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार २५ गते रहेको छ ।