आईतवार, बैशाख ७,२०८२ 11:54:47
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:54:47
IME remit
Global IME Bank Limited

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट अफर’, यस्ता छन् छुट सुविधा

Hyundai Nepal
शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट अफर’, यस्ता छन् छुट सुविधा
Nabil Bank Limited

काठमाण्डौ । शाओमीले नेपाली ग्राहकका  लागि ‘जुलाई ज्याकपट’ अफर सुरु गरेको छ । यस अफरका साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा रु.४००० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जिमा उत्कृष्ट छुटहरू पाउने छन् । यस्तो छुट १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सकिने कम्पनीले जनाएको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हाम्रा नेपाली ग्राहकहरुलाई उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं र यी यस्ता अफरहरुले  हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।’

ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जिमा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरू र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।  

अफरहरुः

रेड्मी  नोट १३ः

६/१२८ जीबीः पुरानो मूल्य रु. २४ हजार ९९९ , अफर मूल्य रु. २३ हजार ९९९ मात्र

८/२५६ जीबीःपुरानो मूल्य रु. २७ हअजार ९९९ , अफर मूल्य रु. २६ हजार ९९९ मात्र

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

रेड्मी नोट १३प्रोः

८/२५६जीबीः पुरानो मूल्य रु. ३४ हजार ९९९ , अफर मूल्य रु. ३२ हजार ९९९ मात्र

१२/५१२जीबीः पुरानो मूल्य रु. ३९ हजार ९९९ , अफर मूल्य रु. ३५ हजार ९९९ मात्र

रेड्मी नोट १३ प्रोप्लस ५जीः

८/२५६जीबीः पुरानो मूल्य रु. ४७ हजार ९९९ , अफर मूल्य रु. ४५ हजार ९९९ मात्र

१२/५१२जीबीः पुरानो मूल्य रु. ५२ हजार ९९९ , अफर  मूल्य रु. ५० हजार ९९९ मात्र

रेड्मी १३ नोट सिरिजअन्तर्गत ३ मोडेलका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि  । ६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जिमाभने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंगभएको  हुदाधुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

१ जुलाईदेखि ३१ जुलाईसम्म लागु हुने यो जुलाई ज्याकपट अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूर सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.