बुधबार, असार १०,२०८३ 09:39:20
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:39:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रियलमी बन्यो मिस्टर नेपालको मुख्य प्रायोजक

Laxmi Sunrise Bank Limited
रियलमी बन्यो मिस्टर नेपालको मुख्य प्रायोजक

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।    रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।’ 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले भने, ‘मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरको रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं । यो सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गा हो । हामीलाई आशा छ यो सहकार्यले मिस्टर नेपाललाई नयाँउचाइमा पु¥याउने छ ।’

मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाण्डौमा समापन हुनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.