बिहीबार, बैशाख ३१,२०८३ 04:24:54
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:24:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स
Shivam Cement

काठमाण्डौ । हालका मितिसम्म विश्वभर सिंगल स्क्रिन भएको ल्यापटप प्रयोग भईरहेको छ । तर अब विश्वमै पहिलोपटक डुअल(दुईवटा)स्क्रिन भएको ल्यापटप समेत लञ्च भएको छ । दुईवटा स्क्रिन भएको यो ल्यापटपको नाम एसम्याजिक एक्सवान हो ।  

यो ल्यापटपमा अगाडि पछाडि गरेर दुईवटा स्क्रिन रहेको छ । यो स्क्रिनलाई ३६० डिग्रीमा घुमाउन पनि सकिन्छ । यसलाई फ्लिप स्क्रिन समेत भन्न सकिन्छ । यदि प्रयोगकर्ताले यसलाई साइड बाई साइड डिस्प्ले जस्तै प्रयोग गर्न चाहन्छन् भने सजिलै गर्न सक्छन् ।  

यो ल्यापटपमा ब्याक टु ब्याक मोड पनि दिइएको छ । जसको सहायताले अगाडि बसेको व्यक्तिलाई पनि ल्यापटपको स्क्रिन देखाउन सकिन्छ । यस्तोमा यो ल्यापटप स्क्रिन प्रिजेन्टेशन,प्लेइङ गेम्स र चलचित्र आदि हेर्न धेरै नै उपयोगी हुनसक्ने जनाइएको छ । यसको मूल्यको बारेमा केहि पनि जानकारी उपलब्ध गराइएको छैन ।  

Bizshala
New Office
CG Motors

उसो त बजारमा कयौँ प्रकारका डुअल स्क्रिन भएका ल्यापटप पाइन्छन् । तर यी ल्यापटपको स्क्रिन एउटै आकारको भने हुँदैन । न त यी ल्यापट भर्टीकली रुपमा एक अर्कामा जोडिएका नै हुन्छन् ।  

एसम्याजिक एक्सवानमा १२ औं जेनेरेशन इन्टेल कोर आई सेभेन १२५५यु प्रोसेसर प्रयोग गरिएको छ । यसमा १४ इन्चको फुल एचडी स्क्रिन रहेको छ । यो ल्यापटप १६ जीबी डुअल च्यानल डीडीआर४ र्याम र १टीबी एसएसडी स्टोरेजमा उपलब्ध छ ।  

यो ल्यापटप युएसबी टाइप सी, युएसबी ३.० टाइप ए र एचडीएमआई २.० पोर्ट, दुईवटा युएसबी सी पोट्समध्ये कुने एकबाट चार्ज गर्न सकिन्छ । यसमा वाइफाई ६,ब्लूटुथ ५.२ सपोर्ट पनि उपलब्ध छ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.