काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै असार १९ गते सेबोनमा आवेदन दिएको हो ।
कम्पनीले रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासनको माग गरेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईशी एशिया क्यापिटल रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागेको हो ।