आईतवार, आश्विन ६,२०८१ 10:17:54
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:17:54
IME remit
Global IME Bank Limited

बुढो बन्दै जापान, बालबालिकाको तुलनामा बयस्कको डाइपर बढी बिक्री हुन थाल्यो

Hyundai Nepal
बुढो बन्दै जापान, बालबालिकाको तुलनामा बयस्कको डाइपर बढी बिक्री हुन थाल्यो
Nabil Bank Limited

काठमाण्डौ । विश्वको सबैभन्दा धेरै वृद्ध नागरिकको जनसंख्या भएको देश, जापानमा बालिकालिकाको तुलनामा वयस्क व्यक्तिको डाइपर बढी बिक्री हुन थालेको छ । वृद्ध नागरिकको जनसंख्या बढ्न थालेपछि जापानका कम्पनीहरुले समेत वयस्क व्यक्तिको डाइपरको उत्पादन बढाएका छन् ।  

यतिबेला जापानमा वयस्क व्यक्तिको डाइपरको माग ह्वात्तै बढेको छ भने बालकालिकाको डाइपरको माग घटेको छ । युरोमोनिटर मार्केट इन्टरनेशनलका अनुसार सन् २०२३ मा वयस्क डाइपरको विश्व बजार १२.८ बिलियन डलरबराबर रहेको थियो । जुन सन् २०२६ सम्म १५.५ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । जापानमा सन् २०२३ मा वयस्क डाइपर बजारको मूल्य १.७ बिलियन डलरबराबर रहेको थियो । यो सन् २०२६ सम्म १.९ बिलियन डलर पुग्ने जनाइएको छ । जुन विश्वको कुल हिस्साको तुलनामा १२ प्रतिशत हुन आउछ ।  

गत मार्च महिनामा जापानको डाइपर निर्माता कम्पनी ओजी होल्डिङ्सले बालबालिका लागि डाइपर उत्पादन बन्द गर्ने र वयस्क डाइपरको उत्पादन सुरु गर्ने घोषणा गरेको थियो । यद्यपी विदेशी बजारमा भने बालबालिका डाइपरको व्यवसायलाई भने यथावत राख्ने कम्पनीले जनाएको छ । सन् २०२३ मा कम्पनीले बालबालिकाको तुलनामा ७.३ प्रतिशत बढी वयस्क डाइपर बिक्री गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

अन्य जापानी कम्पनीहरुले पनि आफ्नो व्यवसाय परिवर्तन गर्न थालेका छन् । विद्युतीय सामाग्री उत्पादन कम्पनी पानासोनिकले पनि वृद्ध व्यक्ति लक्षित सामाग्रीहरु उत्पादन तथा विकास गर्न अनुसन्धान थालेको छ ।  

जापानमा घट्दो जनसंख्यादर र बढ्दो वृद्ध नागरिकको संख्या अर्थतन्त्रका लागि चुनौतिका रुपमा देखा परेको छ । गत जुनमा जापान सरकारले जन्मदर लगातार ८ महिना घटेको रिपोर्ट सार्वजनिक गरेको थियो । सन् २०२३ मा जापानमा ७ लाख २७ हजार २७७ नवजात शिशुको जन्म भएको थियो । जुन १२० वर्षको न्यून जन्मदर हो ।  

जापानमा यतिबेला प्रत्येक १० जनामा १ जना व्यक्ति ८० वर्ष वा सोभन्दा बढीको रहेको छ । यससँगै जापान विश्वकै वृद्ध देश बनेको छ । गत वर्ष जापानको कुल जनसंख्याको करिब ३० प्रतिशत ६५ वर्ष वा सोभन्दा माथि पुगेको थियो ।  

जन्मदर बढाउन सन् २०२३ मा जापानका प्रधानमन्त्री फुमियो किसिडाले परिवारहरुलाई धेरै सन्तान जन्माउन प्रोत्साहन गर्न अर्बौ डलरको प्याकेजको घोषणा गरेका थिए ।  

एशियामा घट्दो जनसंख्याको सामना गरिरहेको जापान एक्लो देश भने होइन । दक्षिण कोरियाले यस्तै समस्याको सामना गरिरहेको छ । दक्षिण कोरियामा प्रजननदर ०.७२ प्रतिशत रहेको छ ।  -एजेन्सी

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.