बुधबार, भाद्र २५,२०८२ 10:58:20
  • बुधबार, भाद्र २५,२०८२ 10:58:20
Global IME Bank Limited

राष्ट्रपतिद्वारा धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान, आइतबार साँझसम्मको समय

Hyundai Nepal
राष्ट्रपतिद्वारा  धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान, आइतबार साँझसम्मको समय

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्दै आइतबार साँझ ५ बजेसम्मको समय समेत दिएका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

धारा ७६ को उपधारा २ मा प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनसक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति सरकार गठनका लागि आह्वान भएको हो ।  

यो आह्वानसँगै राजनीतिक वृत्तमा देखिएको अन्यौल अन्त्य भएको छ । अब केपी ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।  

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागेका केपी ओलीले आजै राष्टपति कार्यालयमा सरकार गठनका लागि दाबी पेश गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि आवश्यक कागजात ठीक्क पारेर राखिएको छ ।  

आज पेश भएको दाबीअनुसार रातिसम्म नै राष्ट्रपतिले ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने अधिक सम्भावना रहेको छ ।  

भोलि(शनिवार) नवनियुक्त प्रधानमन्त्रीको रुपमा ओलीको सपथ ग्रहण हुनेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.