बुधबार, भाद्र ४,२०८२ 05:11:57
  • बुधबार, भाद्र ४,२०८२ 05:11:57
Global IME Bank Limited

कोरियाले गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १.२५ अर्ब दिने

Hyundai Nepal
कोरियाले गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १.२५ अर्ब दिने
Shivam Cement

काठमाण्डौ । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, नेपाल अन्तर्गतको गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकास कार्यान्वयनका लागि आज ९ मिलियन अमेरिकी डलर (१.२५ अर्बबराबर) को अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्याय र नेपाल सरकारका तर्फबाट क्रमशः कोरिया गणतन्त्रका राजदूत ताए–योङले हस्ताक्षर गरेका थिए ।

कोरिया गणतन्त्र सरकारको तर्फबाट परियोजना कार्यान्वयन गर्ने निकाय कोइका र नेपाल सरकारको तर्फबाट सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जीटीईभटा) रहनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो परियोजना डिसेम्बर ३१, २०३० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस परियोजनाको मुख्य उद्देश्य नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी)नीति र १६औं आवधिक योजना अनुरूप २१औँ शताब्दीको आन्तरिक र विश्वव्यापी आवश्यकताहरू पूरा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु हो। यस पहलले टीभीइटी कार्यक्रमहरूलाई सुदृढ गर्दै, सम्बद्ध शिक्षक र विद्यार्थीहरूको सीप अभिवृद्धि गर्दै, र उद्योग र समुदायसँग बलियो साझेदारी बढाएर गण्डकी प्रदेशको प्राविधिक हबको रूपमा सेवा गर्ने लक्ष्य राखेको छ।

‘यो परियोजना भवन र सुविधामा मात्रै लगानी होइन, यो नेपाली जनता, सीप र भावी जनशक्तिमा गरिने लगानी हो। यस परियोजना मार्फत, हामीले २१औँ शताब्दीको अर्थतन्त्रका आवश्यकताहरू पूरा गर्ने उच्च गुणस्तरको, उद्योग(सम्बन्धित प्राविधिक शिक्षा प्रदान गर्ने नेपालको क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेका छौं,’ नेपालका लागि कोरिया गणतन्त्रका राजदूत  एचई पार्क, ताई योङले भने ।  

यस्तै नेपालका अर्थ सचिव घनश्याम उपाध्यायले भने, ‘कोरियाले लामो समयदेखि नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ र यो सम्झौताले नेपालमा टीभीईटीको विकासको लागि नवीकरण र बलियो प्रतिबद्धतालाई जनाउँछ। यस पहलले श्रम बजारको माग पूरा गर्ने र रोजगारीमा बृद्धि गर्ने दक्ष जनशक्तिको विकास गरी नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छु ।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X