काठमाण्डौ । अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्य घटेको छ । विगत ३ दिनदेखि निरन्तर घटिरहेको कच्चा तेलको मूल्य आज पनि घटेको हो । चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताले मागमा कमी आउने भयका कारण कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
आज ब्रेन्ट क्रुडको मूल्य ०.०४ प्रतिशतले घट्दै प्रतिब्यारेल मूल्य ८३.७० डलरमा झरेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०१ प्रतिशतले घट्दै ८०.७५ डलर कायम भएको छ ।
सरकारी सहायतका बाबजुत चीनको आर्थिक तथ्यांक निरन्तर रुपमा कमजोर आईरहेको छ । जसका कारण लगानीकर्ता निराश बनेका छन् । चीनका अधिकांश तेल प्रशोधन कम्पनीहरुले कमजोर मागका कारण तेलको मागमा कटौती गरिरहेका छन् ।
विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र अप्रिल–जुनमा ४.७ प्रतिशतले वृद्धि भएको थियो । जुन सन् २०२३ को पहिलो त्रैमासपछिकै सुस्त वृद्धि हो ।