सोमबार, असार २,२०८२ 09:49:12
  • सोमबार, असार २,२०८२ 09:49:12
Global IME Bank Limited

सीआईबीद्वारा अवैध च्यानलबाट खातामा रकम जम्मा भए जानकारी दिन आग्रह

Hyundai Nepal
सीआईबीद्वारा अवैध च्यानलबाट खातामा रकम जम्मा भए जानकारी दिन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले)ले अवैध माध्यमबाट खातामा रकम जम्मा भएको भए त्यसको जानकारी दिन आग्रह गरेको छ । सीआईबीले विभिन्न देशबाट अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणलार्इ  आग्रह गरेको हो ।  

सीआईबीले अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको रकम अवैध प्रक्रियाबाट आइरहेको जनाएको छ । यस्तो रकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएकाले त्यसबारे जानकारी दिन सिआइबीले आग्रह गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तो रकम अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र क्रिप्टोमा लगानी गर्ने र सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको सीआईबीले जनाएको छ । त्यसैले यस्तो अवैध प्रक्रियाको हिस्सा नबन्न र वैध प्रक्रियाबाट मात्र रकमको कारोबार गर्न सीआईबीले सर्वसाधारणमा आग्रह गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.