बुधबार, भाद्र २५,२०८२ 10:48:02
  • बुधबार, भाद्र २५,२०८२ 10:48:02
Global IME Bank Limited

सूर्योदय वोमीको एफपीओमा थामिनसक्नु आवेदन, दुई दिनमै २०० गुणा बढीको आवेदन

Hyundai Nepal
सूर्योदय वोमीको एफपीओमा थामिनसक्नु आवेदन, दुई दिनमै २०० गुणा बढीको आवेदन

काठमाण्डौ । आजदेखि निष्कासन भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोश्रो दिनसम्म २०० गुणा बढी आवेदन परेको छ ।  

सीडीएसीको तथ्यांकअनुसार दोश्रो दिन शनिवार साँझ ६ बजेसम्म यो संस्थाको एफपीओ खरिदका लागि ६ लाख ७ हजार ७ आवेदकबाट ९३ लाख ३० हजार ४२० कित्ताका लागि आवेदन परेको छ । यो भनेको कुल  ९३ करोड ३० लाख बढी रुपैयाँको आवेदन हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो भनेको जारी सेयर संख्याको करिब २०० गुणाले बढी हो ।  

संस्थाले शुक्रबारदेखि कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।  

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.