बुधबार, भाद्र २५,२०८२ 12:20:23
  • बुधबार, भाद्र २५,२०८२ 12:20:23
Global IME Bank Limited

नेपालको सेयर बजारलाई विश्वकै सस्तो ठान्छन् गौतम, 'हड्बडाएर किनबेच गर्दा डूबिन्छ'

Hyundai Nepal
नेपालको सेयर बजारलाई विश्वकै सस्तो ठान्छन् गौतम, 'हड्बडाएर किनबेच गर्दा डूबिन्छ'

काठमाण्डौ । खोलाले एउटा ढुङ्गा बगाउँदै–बगाउँदै लान्छ । धेरैपटक ठोक्किएपछि त्यो काम लाग्ने बस्तु सम्झिएर मानिसले टिपेर लान्छन् । सेयर बजार पनि एउटा त्यस्तो ठाउँ हो, जहाँ मानिसले धेरैपटक ठोक्किएर, घाटा व्यहोरेर बजारलाई बुझ्छन र कमाउने बाटो पनि थाहा पाउँछन् ।  

पछिल्ला दिनहरुमा सेयर बजारले राम्रै गति लिँदैछ  । बजार बढ्दै जाँदा नयाँ तथा पुराना लगानीकर्ताहरु सक्रिय हुन्छन् । बजार बढेसँगै ब्रोकर हाउसहरुमा पनि लगानीकर्ताहरुको राम्रै उपस्थिति देखिन्छ । अहिले ठ्याक्कै यस्तै भइरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयर बजारमा धैर्यता निकै आवश्यक हुन्छ । आज हामीले पाठकलाई केही शिक्षा मिलोस् भन्ने हेतुले सेयर बजारमा केही पीडा  र अनुभवले खारिएकामध्येका एक लगानीकर्ता दुर्गा गौतमको स्टोरी प्रस्तुत गर्दैछौं ।

गौतम लगानीकर्ताहरुमध्येका एक त्यस्ता प्रतिनिधि पात्र हुन्, जो २०६७ सालमा नेप्से परिसूचक ८ सय जति भएको समयमा स्ट्याण्डर्ड चार्टर्डको सेयर एकहजार कित्ता ४ हजार ६०० रुपैयाँमा,  सिद्धार्थ बैंकको सेयर २५० कित्ता सेयर १ हजार २७५ रुपैयाँ र बैंक अफ काठमाण्डौको ५ सय कित्ता सेयर प्रतिकित्ता १ हजार ४०० मा किनेर बजार प्रवेश गरेका थिए । गौतम त्यस समयमा एक फर्निचर व्यापारी थिए । छोरीको विवाहमा एक रक्सीको डिलरसँग भेट भएपछि उनको यात्रा फेरियो ।  

गौतमले सेयर बजारको आफ्नो १४ वर्षको अनुभवमा सबैभन्दा महत्वपूर्ण विषय भनेको धैर्यता रहेको बताउँछन् । उनले थप्दै भने-'बजार छिर्दा त्यो समयमा साथीभाईले पनि राम्रै उकासे । मैले एकहजार कित्ता ४ हजार ६ सयको दरले किनेको स्ट्याण्डर्ड चार्टर्डको सेयरभाउ ६ हजार ५०० सम्म पुग्यो । त्यो बेला अझै बढ्छ भन्ने लाग्यो । नौ हजारबाट तल खस्न थालेको यो कम्पनीको सेयरभाउ पछि त्यो मूल्यमा कहिल्यै पुग्न सकेन ।'  

अरु कम्पनीको सेयरभाउ पनि आफूले खरीद गरेको मूल्यमा खासै नपुगेको उनको अनुभव छ । ‘हकप्रद र बोनसले गर्दा मलाई ठूलो नोक्सानी त भएन । तर मलाई यी कम्पनीले निकै राम्रो पाठ चाहिँ सिकाए ।’ उनले बिजशालासँग भने ।

गौतम करिब ४ बर्ष जर्मन पनि बसेर आएका व्यक्ति हुन् । जसले जर्मनबाट पैसा मात्रै हाेंइन, एउटा राम्रो संस्कार पनि सिकेर आए । उनी भन्छन्मा-'न्छेको इमानदारिता र धैर्यता निकै ठूलो विषय हो । यी दुवै चिजले सुसज्जित मान्छेले सेयर बजारमा अझ धेरै गर्नसक्छ ।'  

गौतम सेयर कारोबारका क्रममा धेरै छिटोछिटो किनबेच गर्न रुचाउँदैनन् ।  उनी अरुलाई पनि धेरै हड्बडाएर सेयर कारोबार नगर्न सल्लाह दिन्छन् ।  

गौतमको विचारमा अहिले बजारले लामो समयको साइडवेज तोड्दै यूटर्न लिँदैछ । अहिले नेपालको सेयर बजार विश्वकै सस्तो रहेको छ । ‘यो बेला सेयर बजारमा लगानी गर्दा राम्रो नै हुन्छ, तर बजार माथि जाँदा भने बेचेर निस्कन पनि सक्नु पर्छ ।’ उनले भने ।

गौतमले नयाँ लगानीकर्ताहरुलाई हतारमा आत्तिने र मात्तिने गरी सेयर कारोबार नगर्न पनि सुझाउँछन् । गौतमको विचारमा पोर्टफोलियो व्यवस्थापन गरेर दीर्घकालीन रुपमा गरिने लगानी नै प्रशस्त कमाउनसक्ने एउटा उत्तम विकल्प हो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.