काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले पूँजीबजारको स्थायित्व चाहेको बताएका छन् । आज चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जबाफ दिँदै अधिकारीले यस्तो बताएका हुन् ।
अधिकारीले नेपाल राष्ट्र बैंकले सेयर बजारमा स्थायित्वका लागि धितोपत्र बोर्ड र मिडियाले सकरात्मक भूमिका निभाउनु पर्ने समेत बताए । अधिकारीले संस्थागत लगानीकर्ताहरुको लागि यस अघि लगाइको २० करोडको सीमा हटाइएको जानकारी दिदै संस्थाहरुले बढी कर तिर्र्ने भएको कारण पनि नेपाल राष्ट्र बैंकले कर्जाको सीमा हटाइएको बताए । तर व्यक्तिगतको हकमा भने यस अघिको १५ करोडको सीमा यथावत रहेको पनि गभर्नरले जानकारी दिए ।