काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट क्रुड आयलको मूल्य १.५ प्रतिशत अर्थात प्रतिब्यारेल १.२४ डलरले घटेको छ ।
यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८१.१३ डलर कायम भएको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.४ प्रतिशत अर्थात प्रतिब्यारेल १.१२ डलरले घटेको छ । डब्लूटीआईको मूल्य प्रतिब्यारेल ७७.१६ डलरमा कारोबार भईरहेको छ ।
एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य १ प्रतिशत र डब्लूटीआईको मूल्य ३ प्रतिशतले घटेको छ ।
चीनमा कच्चा तेलको मागमा आईरहेको कमी र भविष्यमा यो अझै बढ्ने जोखिमका कारण पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आईरहेको छ । चीनले गत साता सार्वजनिक गरेको आँकडाअनुसार चीनमा यो वर्षको पहिलो ६ महिनामा कच्चा तेलको कुल आयात ११ प्रतिशतले घटेको छ । विश्वकै ठूलो आयातकर्ता देशको मागमा आएको कमीले कच्चा तेलको मूल्यमा थप गिरावट आउने विश्लेषकहरुले बताएका छन् ।