सोमबार, असार २,२०८२ 12:54:56
  • सोमबार, असार २,२०८२ 12:54:56
Global IME Bank Limited

अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा

Hyundai Nepal
अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई क्रिप्टो माइनिङ पावरहाउस बनाउने र अमेरिकामा क्रिप्टोको ठूलो भण्डारण गर्ने योजना बताएका छन् । शनिबार आयोजित नाशभिल्ले बिटक्वाइन सम्मेलन २०२४ लाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।  

उक्त अवसरमा ट्रम्पले यदि आफूले आगामी निर्वाचन जिते अमेरिकामा रणनीतिक बिटक्वाइन रिजर्भको व्यवस्था गर्ने समेत बताए । उनले अहिले अमेरिकी सरकारले होल्ड गरेको र भविष्यमा प्राप्त गर्ने बिटक्वाइन शतप्रतिशत रिजर्भ गरिने बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले अमेरिकी सरकारसँग २ लाख १० हजारभन्दा बढी अवैध बिटक्वाइन रहेको छ । यी बिटक्वाइन अनलाइन डार्क मार्केट ‘सिल्क रोड’ र ‘पान्जी स्किम बिटकनेक्ट’ जस्ता अवैधानिक रुपमा कारोबार भएकाले जफलत गरिएको हो । यी बिटक्वाइनको मूल्य १४ बिलियन अमेरिकी डलरबराबर रहेको छ ।  

ट्रम्पको यस्तो घोषणाले बिटक्वाइनको रिजर्भका कारण क्रिप्टोकरेन्सीको मूल्यमा उछाल आउने अफवाहरुलाई बल पुगेको छ ।  

यस्तै ट्रम्पले बिटक्वाइन र क्रिप्टो एड्भाइजरी काउन्सिल समेत गठन गरिने बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.