बिहीबार, श्रावण १४,२०८३ 09:57:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:57:30
Bizshala
Global IME Bank Limited

मस्कको लागूऔषधको लतबारे टेस्लाका निर्देशकहरु जानकार,मस्क दुखी हुने डरले आफु पनि गर्थे सेवन

मस्कको लागूऔषधको लतबारे टेस्लाका निर्देशकहरु जानकार,मस्क दुखी हुने डरले आफु पनि गर्थे सेवन
New Office

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा धनाढ्य एलन मस्कले अवैध लागूऔषध प्रयोग गर्ने गरेको बारे टेस्ला इंक र स्पेसएक्सका अधिकांश वर्तमान र पूर्व निर्देशकहरु जानकार रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलले शनिबार एक रिपोर्ट जारी गर्दै यस्तो जनाएको हो ।  

रिपोर्टमा मस्कको अवैध लागूऔषध प्रयोगको मात्राको बारेमा चिन्ता व्यक्त गरिएको छ । मस्कले लागूपदार्थको प्रयोग गरेको देखेका वा यसबारे जानकारी पाएका मानिसहरूलाई उद्धृत गर्दै मस्कले आफ्ना केही बोर्ड सदस्यहरूसँग लागुऔषध सेवन गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।  

‘सञ्चालक समितिले यस मुद्दामा अनुसन्धान गरेन, न त यसबारे कुनै सरोकारको कागजात गरेको छ’ रिपोर्टमा जनाइएको छ ।  

मस्क र उनका निर्देशकहरू बीचको सम्बन्ध यस हप्ता डेलावेयर न्यायाधीशद्वारा आलोचना गरिएको थियो ।  मस्कको ४ बिलियन डलर तलब प्याकेज अत्यधिक भएको भन्दै अदालतमा मुद्धा परेको थियो ।  

मस्कले प्रायः निजी पार्टीहरूमा एलएसडी, कोकीन, एक्स्टेसी र साइकेडेलिक मस्रुम प्रयोग गरेको रिपोर्ट यसअघि नै प्रकाशित भईसकेको थियो। मस्कका केहि साथी र निर्देशकहरुले पनि उनीसँगै लागूऔषध लिएको स्विकारेका छन् । लागूऔषध लिन अस्विकार गर्यो भने मस्क दुखी हुने डलरले आफुहरुले पनि सेवन गरेको उनीहरुले बताएको रिपार्टमा जनाइएको छ ।  

गत महिना प्रकाशित भएको वालस्ट्रिटको रिपोर्टलाई प्रतिक्रिया जनाउँदै मक्सले यसो भनेका थिए,‘म जे गरिरहेको छु, स्पष्ट रूपमा गरिरहने छु । यदि ड्रग्सले मेरो शुद्ध उत्पादकत्वमा सुधार गर्न मद्दत गर्यो भने, म निश्चित रूपमा लिनेछु’ । -एजेन्सी

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.