काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेडले हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई अपग्रेड गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको f][ICRANP-IR] A निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] A मा अपग्रेड गरेको हो ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने इक्राले जनाएको छ । यस्ता उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।