काठमाण्डौ। नेपालमा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी प्रतिबद्धता आउने गरेको छ। जसमा लगानी भित्रने क्रम भने कम रहेको छ। विदेशी लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ।
उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्ताहरू समक्ष आह्वान गरेको छ।
सोही समयभित्र लगानीकर्ताले स्वीकृत लगानी भित्र्याएको प्रमाण र उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत हुने विभागले जनाएको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा औद्योगिक व्यवसाय ऐन र नियमावलीमा तोकिएको अवधिभित्र स्वीकृत लगानी भित्र्याउने र उद्योग सञ्चालनमा ल्याउनुपर्ने विभागको भनाइ छ।
नयाँ लगानीकर्ताको हकमा समेत विभागले ऐन र नियमावलीले तोकेको समय भित्र लगानी भित्र्याइ उद्योग सञ्चालनमा ल्याउन आग्रह गरेको छ।
धरौटी फिर्ताका लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण कर चुक्ता (शून्य कारोबार आएमा नमानिने), लगानी भित्र्याएको प्रमाण, उद्योग दर्ताको प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कल प्रति, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक प्रमाणपत्र समेत बुझाउनुपर्ने उद्योग विभागले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।