बुधबार, भाद्र ३१,२०८३ 03:44:17
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:44:17
Bizshala
Global IME Bank Limited

वारेन बफेटको बर्कशायर ह्याथवेले गरे एप्पल कम्पनीमा ५०% कटौती

वारेन बफेटको बर्कशायर ह्याथवेले गरे एप्पल कम्पनीमा ५०% कटौती
New Office

काठमाण्डौ। वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीमा ५०% कटौती गरेका छन्। बर्कशायरको दोस्रो त्रैमासिक आय प्रतिवेदनले शनिबार सार्वजनिक गरेको हो।

२०२३ को अन्तिम तीन महिनामा बर्कशायर ह्याथवेले एप्पल स्टकको १० मिलियन सेयरहरू बेचेका थिए। कम्पनीमा यसको होल्डिंगको लगभग १ प्रतिशत हुन आउँछ। २०२४ को पहिलो त्रैमासिकमा बर्कशायरले एप्पलमा आफ्नो हिस्सेदारी १३% ले कटौती गरेको थिए।  

Shivam Cement
Bizshala
CG Motors

र्कशायर ह्याथवेले त्रैमासिकको अन्त्यमा एप्पलमा आफ्नो होल्डिंग ८४.२ अमेरिकी बिलियन भएको खुलासा गरेका थिए। जुन ७९० अमेरिकी मिलियन सेयरबाट ४०० मिलियन सेयरमा झरेको थियो। लामो समयसम्म स्टकहरू राख्नका लागि परिचित बफेटको लागि तीव्र बिक्री उल्लेखनीय छ।

बर्कशायर ह्याथवेले यसअघि ३.३ ट्रिलियन डलरभन्दा बढी बजार पुँजी भएको एप्पलमा आफ्नो सेयर घटाएको छ।  

यसैबीच ओमाहा नेब्रास्का आधारित समूहले दोस्रो त्रैमासिकको लागि लगभग २७७ अमेरिकी बिलियनको रेकर्ड नगद रहेको अनुरोध गरेका थिए। 

बर्कशायर ह्याथवेले दोस्रो क्वाटरमा ७५.५ अमेरिकी बिलियन स्टक बेचेको छ। एप्पलसँगै, बर्कशायरले आफ्नो दोस्रो ठूलो स्थानमा रहेको बैंक अफ अमेरिकामा आफ्नो सेयर घटाएर ४१.१ बिलियन डलर पुर्‍याएको छ।

बर्कशायरको कुल उचित मूल्यको लगभग ७२% पाँच कम्पनीहरूमा केन्द्रित छ। जसमा अमेरिकन एक्सप्रेसमा ३५.१ अमेरिकी बिलियन, एप्पलमा ४१.१ अमेरिकन बिलियन, बैंक अफ अमेरिकामा ८४.२ अमेरिकन बिलियन, कोका-कोलामा २५.५ अमेरिकन बिलियन र शेभरनमा १८.६ अमेरिकन बिलियन रहेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.