काठमाण्डौं। साताको पहिलो कारोबार आज पनि बजार ४० अंकले बढेर बन्द भयो। आज बजार बढ्दा करिब २२ अर्वको कारोबार आएको छ। पछिल्लो पल्टको बजारलाई नियाल्दा आज पनि नेप्सेले २८ सयमा प्रतिरोध सामाना गरेको छ। बजारलाई बोलिङगर ब्याण्ड मार्फत हेर्दा नेप्सेले अपर ब्याण्ड छोड्दै गरेको देखिन्छ।
अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी बढ्दै गएको छ। यसले बजारमा उच्च उत्तार चढाब रहेको छ भन्ने हो। म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। तर हिस्टोग्राम छोटा छोटा र फिक्का हुँदै गएका छन्।
आरएसआई भने करिब ९२ को तहबाट विस्तारै खसेर ८८ को तहमा रहेको छ। समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा नाफा बुक पनि चलेको देखिन्छ। तर बजारलाई भोलुम र कारोबारले भने साथ दिएको छ।
लगातार २२ अर्व नजिक कारोबार हुनुले बजार मज्बुत नै रहेको देखिन्छ। बजारलाई पिभट् मार्फत हेर्दा यदि आगमी दिनमा पनि बजार बढेमा क्रमश : २८३०,२८५६ र २८८१ प्रतिरोध सामाना गर्न सक्छ। त्यसै गरी घटेमा भने क्रमशः २७६७,२७३० र २७०० मा सपोर्ट लिन सक्छ।
नोट: सेयर बजारमा लगानी जोखिम पुर्ण हुन्छ। यो विश्लेषण कारोबार लागि सिफारिस भने होइन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।