सोमबार, असार २,२०८२ 10:30:34
  • सोमबार, असार २,२०८२ 10:30:34
Global IME Bank Limited

लयमा फर्कदै एशियाली सेयर बजार, आज अधिकांश बजारमा हरियाली

Hyundai Nepal
लयमा फर्कदै एशियाली सेयर बजार, आज अधिकांश बजारमा हरियाली
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारमा वृद्धि देखिएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ १.२ प्रतिशतले बढेको छ । जापानका केन्द्रीय बैंकका डेपुटी गभर्नरले ब्याजदर बढाउने निर्णय तत्कालै कार्यान्वयनमा नआउने बताएपछि सेयर बजारमा वृद्धि देखिएको हो ।   

अघिल्लो दिन पनि निक्की२२५ मा हरियाली छाएको थियो । यस्तै आज दक्षिण कोरियाको कोप्सी पनि १.८ प्रतिशतले बढेको छ । हङकङको हाङसेङ पनि १.३ प्रतिशतले उकालो लागेको छ । ताइवानको ताईएक्स ३.९ प्रतिशतले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत सोमबार जापानको सेयर बजारमा सन् १९८७ पछिकै उच्च गिरावट आएको थियो । जापानको केन्द्रीय बैंकका डेपुटी गभर्नर सिनीची उनिडाले वित्तीय बजार अस्थिर रहेको  बेला ब्याजदर वृद्धि गर्न नसकिने बताएका छन् । जसको प्रभाव त्यहाँको सेयर बजारमा देखिएको छ ।  

जापानमा दशकौंदेखि न्यून ब्याजदर कायम रहेकाले धेरैजसो लगानीकर्ताले कर्जा लिएर बढी प्रतिफल दिने सेयर बजार जस्ता क्षेत्रमा लगानी गर्दै आईरहेका थिए । लगानीकर्ताको यही लगानी रणनीतिका कारण त्यहाँको सेयर बजार पछिल्लो समय निरन्तर बढिरहेको छ ।  

डुपुटी गभर्नरको अभिव्यक्तिपश्चात अमेरिकी डलरको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । एक डलरबराबर १४७.७७ येन कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.