शनिबार, फाल्गुन १०,२०८१ 08:21:16
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:21:16
IME remit
Global IME Bank Limited

बीमाको दायरा घट्दा बीमकहरुको व्यवसाय चाहिँ बढ्यो, कसरी ?

Hyundai Nepal
बीमाको दायरा घट्दा बीमकहरुको व्यवसाय चाहिँ बढ्यो, कसरी ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालको ४३.२७ प्रतिशत जनसंख्या बीमाको दायरामा छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये ४३.२७ प्रतिशत मात्रै बीमाको दायरामा छन् । यसर्थ आधाभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट अझै टाढा छन् ।  

गत आर्थिक वर्षको अन्तिमसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत अघिल्लो आवको तुलनामा २.५० प्रतिशतले घट्न पुगेको छ । अघिल्लो आवमा नेपालको कुल जनसंख्यामध्ये ४४.३८ प्रतिशत जनसंख्या बीमाको दायरामा थिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न प्रयत्न गरे पनि सफल हुन सकेको छैन । प्राधिकरणले सबै तहमा बीमाको पहुँच र सबै क्षेत्रलाई बीमामा समेट्न विभिन्न स्थानीय निकायहरुसँगको समन्वयमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।  

प्राधिकरणले बीमाको दायरा बढाउने उद्देश्यले नै गत आर्थिक वर्षमा ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स समेत वितरण गरेको थियो ।  

स्थानीय क्षेत्रमा गई सीमान्तकृत वर्गलाई समेत समेट्ने गरी बीमा गराउने हेतुले प्राधिकरणले ४ निर्जीवन लघुबीमा कम्पनी र ३ वटा जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । उक्त कम्पनीहरु सञ्चालनमा आएको एक वर्ष भइसकेको छ ।  

ती कम्पनीहरुले आ–आफ्नै तरिकाले व्यवसाय बढाएपनि प्राधिकरणको लक्ष्यअनुसार बीमाको दायरा भने बढ्न सकेको छैन ।

यता जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उल्लेख्य बढेको देखिन्छ । व्यवसाय बढेपनि बीमाले सबै क्षेत्रलाई भने समेट्न सकेको छैन ।  

आर्थिक मन्दी कायम भएकाले नै बीमाको दायरा सोंचेजस्तो बढ्न नसकेको बीमा प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदीले बताए । ‘अझै पनि नेपालमा आर्थिक मन्दी कायम नै छ, गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा शिथिलता देखिँदा बीमाको दायरा सोचेजस्तो बढ्न नसकेको हो’ उनले भने, ‘पछिल्लो समय बीमा कम्पनीहरुको मात्रै व्यवसाय बढ्नु तर बीमाको दायरा नबढ्नुको कारण सर्वसाधारणहरुले ठूलो बीमा गर्न थालेको बुझ्न सकिन्छ । ठूलो अंकको बीमा गर्दा बीमा व्यवसाय बढी देखिएपनि बीमाको भोलुम भने देखिँदैन ।’

बीमाको दायरा बढाउन प्राधिकरणले विभिन्न तयारी गरेको सुवेदीले बताए । चालु आर्थिक वर्ष सुरु भएलगत्तै प्राधिकरणले विभिन्न स्थानीय निकायसँगको सहकार्यमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिसकेको उनले बताए । 

चालु आव सुरु भएसँगै प्राधिकरणले कोशी प्रदेशका विभिन्न क्षेत्रमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । प्राधिकरणले सबै क्षेत्रका मानिसलाई बीमामा समेट्न यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ, र आगामी दिनमा पनि गर्दै जानेछ’ उनले भने, ‘लघुबीमा कम्पनीहरुले पनि आ–आफ्नै तरिकाबाट व्यवसाय गर्दै आइरहेका छन् । जुन उद्देश्य लिएर लघुबीमा कम्पनी सञ्चालनको लागि लाइसेन्स बाँडिएको थियो सोहीअनुसार केही महिना वा वर्षपछि आधाभन्दा बढी जनसंख्यालाई बीमाले समेट्नेछ ।’

यसैबीच, बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घटेपनि बीमा कम्पनीहरुले भने व्यवसाय बढाएका छन् । बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन अघिल्लो आवको तुलनामा गत आवमा ८.३४ प्रतिशत बृद्धि भएको छ ।  

जसमा जीवन बीमा कम्पनीहरुले मात्रै ९.८२ प्रतिशत व्यवसाय बढाएको छ भने निर्जीवन बीमा कम्पनीहरुले ३.१२ प्रतिशत बढाएको छ । जीवन बीमा कम्पनीहरुले गत आवमा १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवमा भने जीवन बीमकहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि गत आवमा ४१ अर्ब ४६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ३.१२ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमकहरुले ४० अर्ब २१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

बीमा कम्पनीहरुको व्यवसाय बढेपनि बीमाको भोल्युम भने घटेको देखिन्छ । निर्जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या अघिल्लो आवको तुलनामा ३.९१ प्रतिशत बढेको छ भने जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या १.८१ प्रतिशतले घटेको छ।

अघिल्लो आवमा १ करोड ४१ लाख ३७ हजार ३२१ रहेको जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या घटेर गत आवमा १ करोड ३८ लाख ८१ हजार ४९२ मा कायम भएको छ । यसर्थ जीवन बीमा कम्पनीहरुमा बीमा गर्नेको संख्या घटे पनि सोही बीमितहरुले ठूलो बीमा बिक्री गर्दा व्यवसाय भने बृद्धि हुन पुगेको हो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.