काठमाण्डौ । दुई दर्जन ठेकेदार कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि कम्पनीहरुलाई कोलोसूचीमा राखेको हो ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनल,सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन÷मैनाचुली÷खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा प्रशंसा कन्स्ट्रक्सन चितवन,विभोर निर्माण सेवा डोटी,अधिकारी निर्माण सेवा नुवाकोट,नेशनल कन्स्ट्रक्सन रुपन्देही,खप्तड कन्स्ट्रक्सन बाजुरा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।