आईतवार, बैशाख ७,२०८२ 09:27:20
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 09:27:20
IME remit
Global IME Bank Limited

‘देउवा-ओलीलाई पेन्सन,युवाहरुलाई नदेउ धेरै टेन्सन’-भन्दै कुलमानको समर्थनमा काठमाण्डौमा निस्कियो र्‍याली

Hyundai Nepal
‘देउवा-ओलीलाई पेन्सन,युवाहरुलाई नदेउ धेरै टेन्सन’-भन्दै कुलमानको समर्थनमा काठमाण्डौमा निस्कियो र्‍याली
Nabil Bank Limited

काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख निर्देशक कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ। घिसिङको समर्थनमा शनिबार युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका हुन्।

ठुला उद्योगहरुले वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले सचेत गराएका छन्। डेडिकेटेड फिडरबाट लाइन लिने २४० ग्राहकमध्ये अस्पताल लगायतका ५६ ग्राहकलाई छुट दिइएको थियो।

Shivam Cement
Bizshala
CG Motors

‘देउवा-ओलीलाई पेन्सन,युवाहरुलाई नदेउ धेरै टेन्सन’

‘विदयुत प्राविधिकरणलाई डुवाउन पाइदैन् ’

‘माफियाको सत्ता, बिजुली चोरलाई भत्ता‘, तानाशाही सरकार मुर्दाबाद’ लगायतका नारा र्‍यालीमा सहभागीहरुले लगाएका छन्।

अन्य ठुला उद्योगलाई भने प्राधिकरणले छुट दिनुपर्ने आधार र कारण नभएको भनी बुझाउन ताकेता गरेको थियो। डेडिकेटेड फिडर तर्फ बिलिङ भएको रकम ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँ थियो। उक्त रकममध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाएको र ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ बक्यौता थियो।

ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिने ८४ ग्राहकमध्ये ५१ ग्राहकको डेडिकेटेड तथा ट्रङ्क टेरिफ अनुसार बिलिङ गरेको रकम १८ अर्ब ६२ करोड ८७ लाख ३४ हजार ४८८ रहेकोमा १३ अर्ब १० करोड ३ लाख ३५ हजार २ सय बुझाएको र बक्यौता ६ अर्ब ७२ करोड ३३ लाख ४५ हजार ९९०.३७ रहेको समितिको अध्ययनमा देखिएको थियो।

डेडिकेटेड फिडर अन्तर्गतका धेरैजसो ग्राहकले महसुल तिरिरहेको र ट्रङ्क लाइनका ग्राहकमध्ये धेरैजसोले बक्यौता रकम नतिरेको देखिन्छ। यसरी प्रिमियम रकम तिर्न बक्यौता रहेको कुल जम्मा १० अर्ब १४ करोड ८ लाख ३० हजार ७० रुपैयाँ रहेको आँकडा प्राधिकरणको विवरणमा देखिएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.