सोमबार, मंसिर १०,२०८१ 09:28:49
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 09:28:49
IME remit
Global IME Bank Limited

बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैनः पूर्वअर्थमन्त्री वर्षमान पुन

Hyundai Nepal
बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैनः पूर्वअर्थमन्त्री वर्षमान पुन
Nabil Bank Limited

काठमाण्डौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त वर्तमान काँग्रेस-एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन्।  पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका ९काभ्रे० सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताए। सरकारमा भएर पनि काँग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरुसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी उनको थियो।

आफूहरुको प्राथमिकतामा सरकार नरहेको तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो। ‘काँग्रेस-एमालेकै नेताहरुले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन्। संसदमा र बाहिर पनि एमाले–काँग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्’, पुनले भने, ‘किन भने संसदको अंक गणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरुले बुझेका छन्। सरकारका लागि हामीलाई कुनै हतारो छैन। कुनै अप्ठेरो पनि छैन । चाह्यौं भने हामी छिट्टै सरकारमा जान सक्छौं। अहिलेको गणित कसैले बदल्न सक्दैन।’

उनले नयाँ सरकार बनेपछि काँग्रेस–एमालेमा आन्तरिक किचलो बढेको समेत बताए। एमालेले लुम्बिनी प्रदेशमा दल नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएपछि दल नेताले राजीनामा दिएको, नेकपाकालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरुलाई पाखा लगाइएको र काँग्रेस–एमाले दुवै दलले केही गरौं भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरुलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उनको भनाइ थियो।

पुनले काँगेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको तर्क पुनले गरे। भ्रष्टाचार, तस्करी, अनियमितता, राज्य दोहनका विरुद्ध र सुशासनका पक्षमा उभिएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालिएको पुनले बताए।

पुनले गिरिबन्धु टीस्टेट, बालुवाटार र बालमन्दिर जग्गा हिनामिना प्रकरण, विगतमा काँग्रेस–एमाले संलग्न भएका भ्रष्टाचार, तस्करी र राज्य दोहनबारे सरकारले छानबिन थालेपछि र बेचन झा पक्राउ परेपछि केही बिचौलिया र दलाल पुँजीपति समूले आफ्नो स्वार्थमा काँग्रेस–एमाले मिलाएको आरोप लगाए। काँग्रेस–एमालेले सँगै सरकारमा राखेपछि माओवादीलाई आफूजस्तै भ्रष्टाचार, तस्करी, अनुचित लेनदेन, र सरकारी सम्पत्ति हडप्ने काममा लाग्छ भन्ने ठानेको तर, सरकार सहयात्री दल र आफ्नै पार्टी नेतालाई समेत आरोप लागेपछि छानबिनको दायरामा ल्याएपछि आत्तिएर रातारात सरकार ढालेको दाबी उनले गरे।  

Bizshala
Shivam Cement
CG Motors

प्रचण्डसहित माओवादी नेतृत्वले पटकपटक आफ्नै पार्टीका नेता कार्यकर्ता भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्न भए माफी नहुने बताएको भन्दै उनले काँग्रेस–एमालेबाट त्यस्तो प्रतिबद्धता आउनुको साटो उल्टै संरक्षण गर्ने काम भएको टिप्पणी गरे।  

‘भुटानी शरणार्थी प्रकरणमा सँगै सरकारमा भएका दलका नेता जेल जाने अवस्था बन्यो । सत्तारुढ पार्टीका समर्थकसम्मलाई पनि कानूनले छुँदैनथ्यो । तर, वरिष्ठ नेताहरुसम्म पनि जेल जाने परिस्थिति बन्यो। आफूलाई कानूनभन्दा माथि ठान्नेहरु पनि प्रहरीमा बयान दिन जानुपर्ने अवस्था आयो। नेपालमा यो भन्दा पहिले यस्तो भएको थिएन’, उनले भने। पुराना पार्टीहरुलाई विगतमा आफूहरुले भ्रष्टाचार, तस्करी, राज्यदोहन, र अनैतिकताका संरक्षक संरक्षक हुन भन्ने गरेको चर्चा गर्दै राजनीतिक व्यवस्था परिवर्तनपछि सुध्रिए होलान् भन्ने ठान्नु गल्ती भएको भएको उल्लेख गरे।

पुनले गिरिबन्धु टीस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, सरकारी जग्गा हिनामिना र सतहमा आएका राज्य दोहनका विभिन्न घटनामाथि छानबिन नभए सरकारविरुद्ध जनप्रतिरोध हुने चेतावनी दिए। त्यसको नेतृत्व माओवादीले गर्ने उनको भनाइ थियो।  ‘बिचौलियाले बनाइदिएको यो सरकारले भ्रष्टाचार र राज्य दोहनका घटनाबारे छानबिन अगाडि बढाएन भने ठूलो जनप्रतिरोध हुनेवाला छ’, पुनले भने, ‘हामीले होइन अहिले जनताले नै भनिरहेको छ कि गिरीबन्धु टीस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरण, पुराना भ्रष्टाचार र राज्य दोहनका  फाइल खुल्दै जान थालेपछि बिचौलियाले यो सरकार बनाइदियो।’

उनले आफ्नो दलले काँग्रेस–एमाले संलग्न भ्रष्टाचार प्रकरणबारे संसद र सदनबाट भण्डाफोर गर्ने बताए । ‘सरकारबाट सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको संघर्षलाई संसद र सडकसम्म विस्तार गर्र्छौ’, उनले भने, ‘बिचौलियाका संरक्षकहरुलाई  हामी चयनले सुत्न दिँदैनौं ।’  

पुनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने १ लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत काट्ने गरिएको भन्दै डेिडकेटेड र ट्रंक लाइनको विद्युत उपयोग गरेर ८ अर्ब तिर्दिन भन्ने व्यवसायीको संरक्षण प्रधानमन्त्री र ऊर्जामन्त्रीले गरिरहेबाटै यो सरकार कसको भन्ने पुष्टि हुने बताए । उनले महसुल तिर्नुपर्छ भन्दा विद्युत प्राधिकरणका दुई सञ्चालकलाई निकालिएको र कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको धम्की दिने गरिएकामा आपत्ति जनाए।

‘सरकार बनाउने र ढाल्ने काममा लागेका एकजना बिचौलियाले दुई अर्ब तिर्नुछ। प्रधानमन्त्री र ऊर्जामन्त्री तिर्नुपर्दैन भने हिंडेका छन्। बिचौलियाको संरक्षक भएर प्राधिकरणका सञ्चालकहरुलाई निकाल्छन्। कुलमान घिसिङमाथि छानबिन गर्ने धम्की दिइरहेका छन्।’  

फरक प्रसंगमा उनले नेपालको विविधतालाई संरक्षण गरेको तथा मुलधारमा प्रतिस्पर्धा गर्न नसक्ने वर्ग समावेशीतामार्फत राज्यको निकायमा आउने संविधानको व्यवस्था उल्ट्याउने काँग्रेस–एमाले प्रयास सफल हुन नदिइने चेतावनी दिए।

‘आरक्षण र निर्वाचन प्रणालीमार्फत राज्यलाई समावेशी बनाउने, पिछडिएको वर्ग समुदायलाई पहुँचमा ल्याउने व्यवस्था भत्काउन मिलेका हौं भनेका पार्टी सकाउने र दुई पार्टी मिलेर जनतालाई मुर्ख बनाएर शाषण गर्ने, भ्रष्टाचार, तस्करी र राज्य दोहन गर्न बिचौलियाको स्वार्थ सिद्ध गर्ने तयारीमा दुई गुट लागेको छ’, पुनले भने।

०४७ देखि ०६३ सम्म सरकार चलाएका काँग्रेस–एमालेले दुई दलीय व्यवस्थाले मुलुकमा स्थिायित्व आउँछ भनेर मुर्ख बनाउन नसक्ने  उनको भनाइ थियो।

‘विगतमा काँग्रेसले दुईपटक बहुमत ल्याएको थियो । के स्थिरता थियो त रु नेकपा बनाएपछि दुई तिहाई आयो । केपी ओलीले भत्काए। दुईपटक संसद विघटन गरे। साढे तीन वर्ष एक्लै चलाएर के गरे रु’, पुनले भने, ‘ साना दल र समावेशीता समस्या होइन। बिचौलिया र दलालहरुका दुई संरक्षक गुट खडा गरेर प्रगतिशील आवाज दबाउने। जनताका सबै वर्ग र क्षेत्रमा प्रतिनिधि संसदमा जान नसक्ने बनाउने। 

आलोपालो जनतालाइ शोषण गर्ने। राज्य दोहन गर्ने भन्ने उनीहरुको योजना हो । हामी यसमा लड्छौं, यो सफल हुन दिँदैनौं।’ उनले साँच्चै मुलुकमा राजनीतिक स्थायित्व चाहेको भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान तयार हुन काँग्रेस–एमालेलाई चेतावनी दिए ।  

केपी ओली नेतृत्वको सरकार ठूला भ्रष्टाचार र राज्य दोहन ढाकछोप गर्न र संविधानमार्फत प्राप्त अधिकार खोस्न उद्धत भए जनताले बाँकी नराख्ने चेतावनी पुनले दिए।  अतिवादी र दक्षिणपन्थीहरुले सरकारलाई देखाएर नेपाललाई पनि बंगलादेश बनाउनुपर्छ भन्न थालेको चर्चा गर्दै उनले आन्दोलनको नेतृत्व आफूहरुले गर्ने बताए।

‘दुई पार्टीको सरकार बनेपछि पनि जनता खुसी छैनन्। पुरानै ढर्राका झन् खराबहरु आएका छन् भनेर जनता आन्दोलनको मुढमा छन्’, उनले भने, ‘आन्दोलित मनस्थितिमा रहेका जनतालाई परिवर्तनविरोधी, देशी–विदेशी प्रतिगामीहरु र लोकप्रियतावादीहरुले क्यास गर्ने खतरा छ’, पुनले भने, ‘अरुलाई मौका दिनुहुँदैन जनप्रतिरोधको नेतृत्व हामीले गर्नुपर्छ, हामी त्यसका लागि सक्षम पनि छौं।’

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.