सोमबार, बैशाख ८,२०८२ 02:29:12
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 02:29:12
IME remit
Global IME Bank Limited

कोशी प्रदेशमा कृषि एक्स्पोको तयारी, विर्तामोडमा सरोकारवालासँग छलफल

Hyundai Nepal
कोशी प्रदेशमा कृषि एक्स्पोको तयारी, विर्तामोडमा सरोकारवालासँग छलफल
Nabil Bank Limited

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको जनाएको छ। कोशी प्रदेशमै पहिलोपटक कृषिको क्षेत्रमा कृषि एक्स्पो गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको हो। कार्यक्रम आगामी भाद्र २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा आयोजना गरिने बताइएको छ।

कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलीले इलामको सूर्योदय नगर पालिकाको सभाहल  र उद्योग वाणिज्य संघ विर्तामोडमा त्यस क्षेत्रका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, कृषि व्यवसायी तथा कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

उक्त अवसरमा महासंघका अध्यक्ष राउतले विगतमा काठमाण्डौ र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न गइरहेको र उक्त एक्स्पोलाई प्रदेश सरकार, कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकाको सहकार्यमा कृषि एक्स्पो हुन गईरहेको जानकारी दिए। 

साथै उनले उक्त एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुनका साथै कृषि विज्ञबाट प्यानल डिस्कशन, विटुवी छलफल लगायत एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम रहेको बताए। यसैगरी उक्त एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरुको उद्योग स्थापना गर्न प्रेरित गर्ने गरी कृषक र उद्योगीहरु वीच समन्वय गराउने कार्यक्रम रहेको बताउँदै  जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको सुनाए।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसैक्रममा सूर्योदय नगरपालिकामा भएको छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक कृषि एक्स्पोको आयोजना गर्न गइरहेकोमा सूर्योदय नगरपालिकाका प्रमुख रणवहादुर राईले खुशी व्यक्त गर्दै यसलाई सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग रहने बताउँदै उक्त एक्स्पोमा यस क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने बताए। विगतमा रमाईलो मेला मात्र आयोजना भइरहेको र आम्दानी कसरी आउँछ भन्ने होडबाजीमा मेला महोत्सव आयोजना हुने गरेकोमा यस पटक महासंघले परिणाम आउने गरी एक्स्पोको तयारी गरेकोमा सकारात्मक भएको भन्दै यसलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए।

यसैबिच कार्यक्रममा सहभागी ताप्लेजुङ उद्योग वाणिज्य संघ, पाँचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि लगायत सहभागी कृषी व्यवसायी र कृषकहरुले एक्स्पोमा कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु, प्रविधि, कृषि औजारको प्रर्दशनी हुनका साथै  कृषि सम्वन्धी जानकारी गराउन विज्ञहरुको थलो बनाई आधुनिक कृषि व्यवसायका लागि जोड दिन अनुरोध गरेका थिए। 

साथै एक्स्पोलाई सफल बनाउन पूर्ण रुपमा सहयोग रहने प्रतिवद्धता जनाइएको थियो। यसैगरी विर्तामोड उद्योग वाणिज्य संघकामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्र कुमार खडकाले कृषि एक्स्पो कोशी प्रदेशका लागि एउटा उत्साह भएकोले सबैले मिलेर सफल बनाउनुपर्ने बताए। 

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष  निर्मल भट्टराईले यो एक्स्पो सबैसँग जोडिएको हुँदा यसलाई सफल बनाउन अलैंची व्यवसायी महासंघको पूर्ण सहयोग रहने बताए। महिला उद्यमी गोमा भट्टराईले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुलाई प्राथमिकता दिनुपर्ने सुनाए। विर्तामोड नगरपालिकाका कृषिशाखा प्रमुख राजेन्द्र कडेलले ठूला औजार मात्र नभई  कृषकको पहुँचमा हुने खालका हाते औजार हुनुपर्ने, चिया, कफी, फलफूल, अलैंचीको उत्पादनमा सहज हुने औजार राखिनुपर्ने कुरामा जोड दिए।

 चिया उत्पादक संघका अध्यक्ष  आदित्य पराजुलीले चियाका विभिन्न उत्पादनहरु एक्स्पोमा रहने बताउँदै विषादीयुक्त होइन विषादीमुक्त खाद्यवस्तुको प्रयोग गरौ भन्न सन्देश एक्स्पोमा दिनुपर्ने बताए। विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पोका सम्वन्धमा विस्तृत जानकारी गराउँदै एक्स्पोमा सहभागी हुन सबैलाई अनुरोध गरे। कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघ, चिया उत्पादक संघ, विर्तामोड नगर पालिका लगायत विभिन्न कृषि व्यवसायी तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.