काठमाण्डौ। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले भोलिदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि – बुकिङ्ग खुला गर्ने भएको छ। अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि-बुकिङ्ग गर्न सक्नेछन् भने प्रि-बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ।
उत्कृष्ट एक्ट.इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्यधुनिक प्रविधियुक्त रहेको बताइएको छ। साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको कम्पनीको भनाइ छ।
एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ। १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन्।
यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले बताएको छ। भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा १८ हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ।