काठमाण्डौ । इलेक्ट्रोनिक सामानहरूको ई–कमर्स प्लेटफर्मका रूपमा ई–सगुन डटकमले आफ्नो सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्रान्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ई–सगुन सुरु भएको हो ।
आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै कम्पनीले इलेक्ट्रोनिक्स सामाग्रीहरुमा नविनतम प्रविधिको खोजी गर्ने प्रविधी प्रेमीहरूको विश्वासनीय गन्तव्य बन्ने लक्ष्य राखेको छ । यस्तै ती उपभोक्ताको प्राथमिक गन्तव्य बन्ने लक्ष्य समेत राखेको कम्पनीले जानकारी दिएको छ ।
ई–सगुनमा इयबड्स, स्मार्ट वाच, स्मार्ट फोनको कभर, चार्जर, लाईभ भिडियो शूट लगायत ईलेक्ट्रोनिक्स उपकरणहरू पाइन्छ । ई–सगुनका सजेश बाडे भन्छन्, ‘नेपालको ई–कमर्स क्षेत्रमा ई–सगुन डटकमले आज एक महत्वपूर्ण कोशेढुंगा पार गरेको सूचना प्रवाह गर्न पाउँदा हामी एकदमै उत्साहित छौं ।’ उनले ग्राहकहरूको गुणस्तरिय ईलेक्ट्रोनिक्सका सामाग्री तथा तीनका एक्सेसरिज सम्बन्धी सम्पूर्ण अपेक्षाहरू मात्र पूरा गर्नुका साथै सन्तुष्टि समेत सुनिश्चित गर्ने बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।