काठमाण्डौ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेका छन्। शक्तिशाली बजेट महाशाखाको प्रमुखमा रहेको धनिराम शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा सारिएको छ।
चालु आर्थिक वर्षको बजेट लेखन टिममा रहेर शर्माले बजेट लेखेका थिए। यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुखमा रहेका श्रीकृष्ण नेपाललाई बजेट महाशाखा प्रमुख बनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।