शुक्रबार, मंसिर ७,२०८१ 12:45:57
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 12:45:57
IME remit
Global IME Bank Limited

आइफोनमा एप किन लुक्छन् ? लुकेका एपहरु यसरी पत्ता लगाउनुहोस् !

Hyundai Nepal
आइफोनमा एप किन लुक्छन् ? लुकेका एपहरु यसरी पत्ता लगाउनुहोस् !
Nabil Bank Limited

काठमाण्डौ। के तपाई आफ्नो आइफोनमा कुनै लुकेका एपहरू छन् कि भनेर चिन्तामा हुनुहुन्छ ? वास्तवमा आइफोनमा लुकेका एपहरू भेट्टाउन गाह्रो हुन सक्छ र ती एपहरु प्रायः फोल्डरहरू वा अन्य स्क्रिनहरूमा लुकेर रहेका हुन्छन्। 

तपाईले विभिन्न तरिकाहरुको प्रयोग गरेर ती लुकेका एप्लिकेसनहरु खोज्न सक्नुहुन्छ। जसमा सर्च फिचर, होम स्क्रीनको जाँच तथा आफ्नो एप लाइब्रेरी भेरिफाइ गर्ने लगायतका तरिका रहेका छन्। साथै एप लिमिट र प्यारेन्टल कन्ट्रोलको सेटिंग्स जाँच गर्दा पनि त्यस्ता लुकेका एप तथा प्रोग्रामहरु फेला पार्न सकिन्छ।

यसले तपाईलाई आफ्नो आइफोनमाथि पूर्ण नियन्त्रण प्रदान गर्नेमात्र होइन कुनैपनि एप तपाईको नजरभन्दा बाहिर छैन भन्ने कुरा पनि सुनिश्चित गर्दछ। चाहे प्रयोगकर्ताले जानाजानमा होस् वा भुलवस आइफोनमा एपहरू लुकाउन सम्भव हुन्छ। अनि त्यसरी लुकाइएका एपहरु फेला पार्न गाह्रो हुन सक्छ। अझ आइओएस १८ मा त लुकेका एपहरू पत्ता लगाउन झनै चुनौतीपूर्ण हुनेछ।

Bizshala
Shivam Cement
CG Motors

आइफोनमा एप किन लुक्छन् ?

त्यसका मुख्य रुपमा २ कारण हुनसक्छन्। तपाईले कुनै संवेदनशील एप अरुले नदेखुन् भनेर नियतबस लुकाउनु भएको हुनसक्छ। त्यस्तै कसैले गोप्य रुपमा तपाईको आइफोनमा कुनै एप इन्स्टल गरेर लुकाइदिएको हुनसक्छ। 

यद्यपि दोश्रो कारण चाहीँ एप्पलको बलियो सुरक्षा व्यवस्थाका कारण असम्भवप्रायः हुन्छ। तर यदि कोही व्यक्तिले तपाईको एप स्टोरको पासवर्ड फैला पार्यो त्यसले तपाईको आइफोनमा एप इन्स्टल गरेर लुकाउन सम्भव हुन्छ।

लुकेका एप पत्ता लगाउने तरिका

-एप लाइब्रेरी भित्र हेर्नेः कुनै एप तपाईको आइफोनको होमस्रकिनमा नदेखिएपनि त्यो एप लाइब्रेरीमा रहेको हुनसक्छ। यसमा जानका लागि तपाईले होमस्क्रिनमा दायाँतर्फ स्वाइप गर्नुपर्छ। त्यहाँ एपहरु विभिन्न विधामा वर्गीकृत भएर रहेका हुन्छन्। साथै तपाईले तलपट्टी स्वाइप गरेर इन्स्टल भएका सबै एपहरु वर्णानुक्रम अनुसार पनि हेर्न सक्नुहुन्छ।

-एप स्टोरमा खोज्नेः यदि तपाईलाई कुनै एप होमस्क्रिनबाट हराएको कुरा आशंका छ भने त्यो एप भुलवस अनइन्स्टल भएको हुनसक्छ वा कतै लुकेको हुनसक्छ। त्यसैले त्यो थाहा पाउनका लागि एप स्टोरमा जानुहोस् र आफ्नो अकाउन्ट आइकनमा ट्याप गर्नुहोस्। 

त्यहाँबाट तपाईले कुनैपनि एप इन्स्टल भए नभएको भनेर खोजेर हेर्न सक्नुहुन्छ। साथै यदि उक्त एप अनइन्स्टल भएको भए पुनः इन्स्टल पनि गर्न सक्नहुन्छ। -एजेन्सी

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.