सोमबार, बैशाख ८,२०८२ 12:01:30
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:01:30
IME remit
Global IME Bank Limited

जन्मिएको ५२ वर्षपछि मुटु दाहिनेपट्टि भएको पत्ता लागेपछि....

Hyundai Nepal
जन्मिएको ५२ वर्षपछि मुटु दाहिनेपट्टि भएको पत्ता लागेपछि....
Nabil Bank Limited

काठमाण्डौ। मुटु मानवको महत्वपूर्ण अङ्ग मात्रै होइन स्वस्थ जीवनका लागि निकै संवेदनशील आधार पनि हो। तर,पछिल्लो समय मुटु जोखिममा परेको छ। मुटुका रोगीहरुको संख्या बढ्दो छ। र,यो संख्याले गति लिँदैछ। मुटुजस्तो महत्वपूर्ण र संवेदनशिल अङ्ग जोखिममा पर्दै जानुले धेरैको जीवन समस्याग्रस्त मात्रै नभई संकटग्रस्त बनेको छ।

झन्डै दुई वर्षअघि बाङ्ग्लादेशकी मोनारानी दासलाई छातीको दाहिनेतिर दुख्न थाल्यो। उनका परिवारका सदस्यहरूलाई उनलाई अम्लपित्त भएर छाती पोलेको होला भन्ने लाग्यो। उनीहरूलाई ५२ वर्षीया दासको दुर्लभ र असामान्य स्वास्थ्य स्थिति होला र उपचारका निम्ति देशै छाडेर भारत जानुपर्ला भन्ने अनुमानसम्म पनि थिएन।

हालैको एउटा अन्तर्वार्तामा उनले सरी उक्त समस्याका लक्षणहरू देखा पर्न थाले भन्नेबारे आफ्नो अनुभव सुनाइन्। हृदयाघात भएका विरामीको ज्यान जोगाउन गर्न सकिने उपाय के हुन्छ। रात्रिकालीन कामले मुटुलाई गर्ने नराम्रो असर कसरी कम गर्न सकिन्छ। ‘छातीको दाहिने पाटोमा दुख्न थालेको केही दिनपछि मलाई सास फेर्न पनि गाह्रो हुन थाल्यो,’ उनले भनिन्।

त्यसको केही समयमै उनलाई हृदयाघात भयो। त्यसपछि उपचारका क्रममा मात्रै चिकित्सकहरूले उनको मुटुको स्थिति भिन्न भएको थाहा पाएका हुन्। ‘डाक्टरहरूले मेरो मुटु छातीको दाहिनेपट्टि छ भन्ने थाहा पाए,’ दासले भनिन्। 

बाङ्ग्लादेशको दक्षिणपश्चिमी सहर सट्खिराका चिकित्सकहरू उनलाई ‘डेक्स्ट्रोकार्डिआ’ भनिने मुटुसम्बन्धी जन्मजात समस्या भएको निष्कर्षमा पुगे। उनको मुटु छातीको देब्रेतर्फ नभई दाहिने थियो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनको कलेजो, फोक्सो, फियो तथा आमाशय (पेट) दायाँ–बायाँ क्रमको स्थिति सामान्यभन्दा विपरीत अवस्थामा भेटियो। अध्ययनहरूका अनुसार प्रत्येक १२,००० गर्भमध्ये एउटामा ‘ डेक्स्ट्रोकार्डिआ’ हुन सक्छ। 

दासको स्वास्थ्यस्थिति राम्रो नदेखिएपछि उनका परिवारजनले पूर्वी भारतको कोलकाता सहरका एक मुटुरोग विशेषज्ञसँग परामर्श गर्ने निर्णय गरे।

धेरै बाङ्ग्लादेशीहरू भारतमा राम्रो उपचार सुविधा पाइन्छ भन्ठान्छन्। बर्सेनि हजारौँ मानिस उपचारका निम्ति भारत जाने गर्छन्। त्यसैले दासको परिवारले पनि भारत जाने निर्णय गर्‍यो। 

उनलाई मणिपाल अस्पताल ब्रोडवेमा डा. सिद्धार्थ मुखर्जीले हेरे। गत मे महिनामा उनैले दासको शल्यक्रिया गरे। ‘हामी प्राय दाहिने हात चलाउने र बिरामीको दाहिने पाटोकै शल्यक्रिया गर्नुपर्ने भएकाले ‘डेक्स्ट्रोकार्डिआ’ को समस्या लिएर आएका बिरामीहरूको शल्यक्रिया चुनौतीपूर्ण हुन्छ’ डा मुखर्जीले भने।

‘यस मामिलामा हामीलाई बिरामीको देब्रेपट्टि उभिएर शल्यक्रिया गर्नुपर्‍यो। त्यो हाम्रा निम्ति नौलो थियो। तथापि हाम्रो पूरै टोलीले आफूलाई स्थितिअनुकूल बनायो।’ 

शल्यक्रिया राम्रोसँग सम्पन्न भयो। दास बाङ्लादेश फर्किसकिन्। उनी आवधिक परीक्षणका निम्ति पुनस् भारत आउने छिन्।

मुटु नै सर्‍यो

हालै त्यस्तै अर्को असामान्य मामिलाले पनि भारतीय सञ्चारमाध्यमको ध्यान खिच्यो। जन्मिँदा मुटु देब्रेतिर भएका एक व्यक्तिको मुटुको अवस्थिति लामो समयदेखिको खोकीका कारणले फेरिएको थियो। पश्चिम बङ्गाल राज्यका बासिन्दा ६६ वर्षीय रेजा–उल करिमलाई सास फेर्न सधैँ गाह्रो हुन्थ्यो।  

उनले भने, ‘म सानो छँदा विभिन्न खेलहरू खेल्थेँ। तर समयसँगै मलाई सास फेर्न गाह्रो हुन थाल्यो र निकै खोकी लाग्न थाल्यो।’ ‘पछि म २५ वर्षसम्म राजनीतिमा सामेल भएँ, उनले भने, ‘त्यस क्रममा दौडधुप गरिराखेँ। स्थानीय डाक्टरलाई देखाउँथेँ र उनले दिएको औषधि खान्थेँ।’ 

तर केही वर्षअघि उनले स्वयंलाई निकै कमजोर महसुस गरे। उनकी छोरी चिन्तित भइन्। उनैले करिमलाई कोलकाता पुर्‍याइन् र मेडिका सुपर स्पेशियालिटी स्पतालका डाक्टरलाई देखाइन्। डाक्टरहरूले बाल्यकालदेखिको क्षयरोगका कारण करिमको मुटु दाहिनेतर्फ सरेको पत्ता लगाए।

‘मलाई एकदमै स्याँस्याँ हुन्थ्यो र प्रार्थनाका क्रममा (घुँडा टेकेपछि) उठ्न गाह्रो हुन्थ्यो’, करिमले भने, ‘दुई-तीन पटक त म प्रार्थनाकै क्रममा ढलेको पनि छु।’

चिकित्सकहरूले बाल्यकालदेखिको क्षयरोगका कारण उनको मुटु बायाँबाट दायाँतिर सरेको पत्ता लगाए। उनको मुटुलाई सहयोग गर्न र श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका निम्ति ‘पेसमेकर’ राख्नुपर्ने निष्कर्षमा चिकित्सकहरू पुगे।

जुन महिनामा करिम र उनका परिवारलाई तत्काल शल्यक्रिया गर्न आवश्यक भएको बताइयो। यसबारे अन्य केही जानकारी दिइएन। ‘पेसमेकर’ राख्न तीन घण्टा लगाएर गरिएको शल्यक्रियाका क्रममा मात्रै चिकित्सकहरूले उक्त शल्यक्रिया अत्यन्तै दुर्लभ भएको थाहा पाएका थिए। -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.