सोमबार, असार २,२०८२ 12:16:41
  • सोमबार, असार २,२०८२ 12:16:41
Global IME Bank Limited

कच्चा तेलको मूल्यमा झण्डै २% को गिरावट, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Hyundai Nepal
कच्चा तेलको मूल्यमा झण्डै २% को गिरावट, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य करिब २ प्रतिशतले घटेको छ ।  

डब्लुटीआई क्रुडको मूल्य १.९३ प्रतिशत अर्थात १.५१ डलरले घटेर प्रतिब्यारेल ७६.६५ डलरमा झरेको छ । यस्तै ब्रेन्ड क्रुडको मूल्य पनि १.६८ प्रतिशत अर्थात १.३६ डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७९.६८ डलर कायम भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीनको अर्थतन्त्रमा कच्चा तेलको मागमा आउन सक्ने कमीका कारण तेलको मूल्यमा गिरावट आएको हो । गत बिहिबार प्रकाशित आँकडा अनुसार जुलाई महिनामा चीनको अर्थतन्त्रले लय गुमाएको देखिएको छ । चीनको घरेलु मूल्यमा ९ वर्ष कै उच्च  गिरावट आएको छ । 

यस्तै, औद्योगिक उत्पादनमा सुस्तता र बेरोजगारी दर बढ्नु पनि थप चिन्ताको विषय बनेको छ । विश्वको सबैभन्दा ठूलो आयाकर्ता देशको यस्तो कमजोर आँकडाले व्यापारीहरुमा निराशा छाउँदा तेलको मूल्यले ओरालो यात्रा समातेको छ । यहि कारण प्रशोधनकर्ताहरुले कच्चा तेलको प्रशोधन दरमा कमी गरेका छन् ।  

पेट्रोलियम पदार्थको निर्यातकर्ताहरुको संगठन ओपेकले गत सोमबार प्रतिवेदन सार्वजनिक गर्दै यस वर्षका लागि कच्चा तेलको मागमा कटौती आउन सक्ने जनाएको छ । फ्रान्सेली संस्था,‘इन्टरनेशनल इनर्जी एजेन्सी’(आईईए)ले पनि चीनको मागमा आउन सक्ने कमीका कारण आफ्नो प्रेक्षपणमा कटौती गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.