सोमबार, बैशाख ८,२०८२ 11:38:59
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:38:59
IME remit
Global IME Bank Limited

कजारिया रमेश टायल्सद्वारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन

Hyundai Nepal
कजारिया रमेश टायल्सद्वारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ। कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको भव्य उद्घाटन गरेको छ। यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स  शोरुमको रूपमा रहेको जनाइएको छ। जसले ग्राहकहरूको विविध आवश्यकताहरू पूरा गर्न यस शोरुममा उत्कृष्ट कजारिया रमेश टायल्सहरूको अद्वितीय संग्रह प्रदान गर्दछ।

स्वस्तिवाचन मार्फत सुरुवात गरिएको औपचारिक कार्यक्रममा गौरीशंकर राठी र महालक्ष्मी देवी राठीद्वारा दीप प्रज्वलन गरेका हुन्। कार्यक्रममा सुरेन्द्र राठीले नयाँ कार्यको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर  गोपाल हमाल, र धनगढी उपमहानगरपालिका वार्ड नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्का सहित स्थानीयवासी , उद्योग व्यवसायीहरू, र सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो, जसले धनगढीको व्यावसायिक क्षेत्रमा यस महत्वपूर्ण योगदानको लागि कम्पनीलाई हौसला प्रदान गरे।

धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक  डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा राखिएको छ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उद्घाटनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलव्ध गराउने प्रतिवद्धताको प्रमाण हो। यस शोरुमले हाम्रो उत्कृष्टता प्रतिको समर्पण र टायल  किनमेलको अनुभवलाई पुनस् परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।’

कजारिया रमेश टायल्स लिमिटेड नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको नम्बर १ टायल कम्पनी कजारिया सिरामिक्स लिमिटेडबीचको संयुक्त उत्पादन हो। कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरू बिक्री गर्छ। कजारिया रमेश टायल्स लिमिटेडले उच्चतम गुणस्तर र शिल्पकला पूरा गर्ने भव्य, उत्कृष्ट, र डिजाइनर टायल्सहरू प्रदान गर्ने प्रतिष्ठा आर्जन गरेको छ। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.