मंगलवार, भाद्र ३०,२०८३ 11:36:04
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 11:36:04
Bizshala
Global IME Bank Limited

यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/२४ का विजेताहरु

यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/२४ का विजेताहरु
New Office

काठमाण्डौ। एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३र२४ को ११ औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहको नाम घोषणा गरेको छ। एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरुको प्रतिभा प्रदर्शनी र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ। 

प्रतियोगितामा विजयी भएको डिजाइनलाई उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ। कलाईडोस्कोप  कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए। जसले एकैसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए।

Shivam Cement
Bizshala
CG Motors

प्रतियोगितामा आई.ओ.ई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार नगद पुरस्कार हात पार्न सफल भइन् भने एक्मे इन्जिनियरिङ्ग कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कारबाट पुरस्कृत भएका छन्।

यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने  काठमाण्डौ इन्जिनियरिङ्ग कलेजका बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका केवल लामाले नगद पुरस्कार १०/१० हजार प्राप्त गरेका छन्।

विजेताहरुलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले एक समारोहकाबीच पुरस्कारहरु प्रदान गरेका थिए। होटल म्यारियटमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.