बुधबार, माघ ९,२०८१ 03:44:11
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:44:11
IME remit
Global IME Bank Limited

हिमालयन रिले गैरकानूनी ढंगले प्रिमियम उठाएको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने

Hyundai Nepal
हिमालयन रिले गैरकानूनी ढंगले प्रिमियम उठाएको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने
Nabil Bank Limited

काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने भएको छ ।  

हिमालयन रि इन्स्योरेन्सको पेसी आज ७ औं नम्बरमा परेको छ । उच्च अदालन पाटन स्थित स्रोतले दिएको जानकारी अनुसार यो मुद्दाको सुनुवाई बेलुका ६ बजे सम्म परिणाम आउने छ । अहिले ५ नम्बरको सुनाइ चलिरहेको स्रोतले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ ।  

यसअघि पहिलोपटक छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो भने दोस्रो पटक अन्तरिम आदेश दिन अस्वीकार गरिएको थियो ।  

तेस्रोपटक हिमालयन रिको तर्फबाट सम्भावित सुनुवाई स्थगन गरिएको थियो । चौथोपटक भने ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।  

यसअघि न्यायाधीश नै दोहोरिएका र न्यायाधीशविरुद्ध नै न्याय परिषदमा उजुरी परेर चौथोपटक पनि ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।  

रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, खुमलटार, धितोपत्र बोर्डको सञ्चालक समिति बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधकिरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेतलाई विपक्षी बनाइएको छ ।  

कम्पनीले अंकति मूल्य १०० दरमा १०६ प्रिमियम जोडी प्रतिकित्ता २०६ रुपैयाँको दरले करिब तीनकरोड कित्ता सेयरको बिक्री खुलाएको थियो । कम्पनीले प्रिमियमबाट नै तीन अर्बभन्दा बढी रकम संकलन गरेको छ ।  

हिमालयन रिलाई प्रिमियममा आईपीओ निश्कासन गर्न दिंदा नियामक निकायका प्रमुख तथा सञ्चालक समिति नै प्रलोभनमा परेको आरोप लाग्दै आएको छ ।  

धितोपत्र बजारका लगानीकर्ताहरुले हिमालयन रिलाई प्रिमियममा आईपीओ जारी गर्न नदिन माग गरे पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सञ्चालक समितिमा हस्तक्षेप गर्दै प्रिमियममै आईपीओ निश्कासनको निर्णय गराएका थिए । उनले यो प्रकरणमा निकै ठूलो आर्थिक लाभ लिएको आरोप समेत लाग्दै आएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.