आईतवार, बैशाख ७,२०८२ 04:26:53
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:26:53
IME remit
Global IME Bank Limited

बंगलादेश बैंकले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने, एस आलम ग्रुपको सेयर पनि अधिग्रहण गरिने

Hyundai Nepal
बंगलादेश बैंकले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने, एस आलम ग्रुपको सेयर पनि अधिग्रहण गरिने
Nabil Bank Limited

काठमाण्डौ । बंगलादेशको केन्द्रीय बैंक, बंगलादेश बैंक(बीबी)ले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने भएको छ । केन्द्रयि बैंकका गभर्नर अहसन एच मन्सुरले अबको २–४ दिनमा इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने बताएका हुन् ।  

आज केन्द्रीय बैंकमा आयोजना गरिएको पत्रबार सम्मेलनमा गभर्नर मन्सुरले सञ्चालन समिति भंग गरेसँगै नयाँ केन्द्रीय बैंकले नयाँ सञ्चालक समिति गठन गर्ने समेत बताए ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै उनले दायित्वका आधारमा एस आलम ग्रुपको सम्पूर्ण सेयर स्वामित्व अधिग्रहण गर्ने समेत बताए । एस आलम ग्रुपले रकम भुक्तानी गर्यो भने मात्रै ग्रुपलाई सेयर स्वामित्व हस्तान्तरण गरिने उनले जानकारी दिए ।  

यो महिना राजनीतिक परिवर्तन आएसँगै बंगलादेशको सबैभन्दा ठूलो सरियामा आधारित बैंकलाई केन्द्रीय बैंकले यस्तो कारवाही गर्न लागेको हो ।  

आन्दोलनकारीले इस्लामिक बैंकको सञ्चालक समितिको पुनर्संरचना गर्नुपर्ने र उच्च व्यवस्थापकहरुलाई हटाउनु पर्ने माग गरेका थिए । यो बैंकलाई सन् २०१७ मा एस आलम ग्रुपका अध्यक्ष मोहम्मद सैफुल, उनको परिवारका सदस्य र अवामी लिगको सरकारसँग जोडिएका समूहका सदस्यहरुले अधिग्रहण गरेका थिए ।  

आफ्नो प्रभाव र प्रभुत्वको आधारमा एस आलम ग्रुपले बैंकबाट ठूलो राशी लगेको आरोप लागेको छ ।    

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.