बुधबार, असार १०,२०८३ 02:33:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:33:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा ओप्पोको नयाँ फोन ‘ओप्पो एथ्री’ सार्वजनिक, यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
नेपालमा ओप्पोको नयाँ फोन ‘ओप्पो एथ्री’ सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाण्डौ । ओप्पोले नेपालमा आफ्नोे नयाँ एसिरिजको स्मार्टफोन ओप्पो एथ्री सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको, यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट सुपरभुक टीएम फ्ल्यास चार्ज समावेश छ ।  

जसको प्रयोग चार वर्षसम्म हुने बताइएको छ । थप सुविधाहमा १००० नट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक फोरजी एचजीवान मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो एथ्रिसँग गेमिङदेखि भिडियो स्ट्रिमिङसम्म रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

दैनिक प्रयोगकोे विश्वसनीयता सुनिश्चित गर्न डिजाइन गरिएको ओप्पो एथ्रीमा माडबल–टेम्पर ग्लास सहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ । जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्छ ।  

यसका अतिरिक्त, आईपी५४ रेटेड यी दुई मोडेलहरू वाटर र डस्ट रसिस्टेसन छन् । जसले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्छ । साथै, स्प्ल्याश टच सुविधाको साथ, स्क्रिन भिजेको बेला टच एक्युरेसी र प्रतिक्रिया सुधार गर्न सकिन्छ । यो सुविधामार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि, वा अन्य धेरै दैनिक कार्यहरुमा भिजेको हातले फोन चलाइरहन सक्नेछन् ।  

नेपालमा ओप्पो एथ्री दुई भिन्न रंग स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा उपलब्ध छन् । यी मोडेलहरू ग्लसी प्यानलमा डिजाइन गरिएको छ । जसमा स्टारलाइट व्हाइट र स्टार्री पर्पल माग्लिटरी विवरणहरू रहेका छन् ।

नयाँ ओप्पोमा ५१०० एमएएच ब्याट्री समावेश छ जसले दैनिक काम र मनोरञ्जनका लागि विस्तारित ब्याट्री लाइफ प्रदान गर्छ । त्यसबाहेक, यो ब्याट्रीमा १६०० चार्ज साइकल रहेको छ र यो यसको सुरुवातको भन्दा ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्दछ भने औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयको लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.