सोमबार, असार २,२०८२ 09:19:21
  • सोमबार, असार २,२०८२ 09:19:21
Global IME Bank Limited

वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश

Hyundai Nepal
वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश
Nabil Bank Limited

काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।  

हाथवेको बजार पूँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पुगेको हो । यससँगै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा एप्पल र माइक्रोसफट् रहेका छन् । यी दुवै कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ । यस्तै अन्य कम्पनीहरु एनभिडिया,अल्फाबेट, अमेजन र मेटाको बजार पूँजीकरण पनि १ ट्रिलियन डलरभन्दा बढी छ ।  

यी कम्पनीहरु मध्ये माइक्रोसफ्ट सबैभन्दा पुरानो हो । जसको स्थापना सन् १९७५ मा भएको थियो । बर्कशायर हाथवेको स्थापना भने एउटा टेक्सटाइल उत्पादक कम्पनीको रुपमा सन् १८३९ मा भएको थियो । हाथवेका वर्तमान सीईओ वारेन बफेटले सन् १९६५ मा कम्पनीको बहुमत स्वामित्व लिएका थिए ।  

बफेटले केही महिनापहिले लगानीकर्तालाई लेखेको वार्षिक पत्रमा सेयरमूल्यले उडान भर्ने विषय अब कथा बन्ने बताएका थिए । तर फेब्रअुरी महिनामा उनको यस्तो पत्रपश्चात कम्पनीको सेयरमुल्य १४ प्रतिशतले बढिसकेको छ ।  

विगत केही महिनादेखि कम्पनीले बिक्री बढाएको छ । हाथवेले गत त्रैमासमा एप्पलमा आफ्नो स्वामित्व ५० प्रतिशतले घटाएको छ ।  

यस्तै गत मंगलबार कम्पनीले बैंक अफ अमेरिकाको १ अर्ब डलर मूल्यबराबरको २५ लाख कित्ता सेयर बिक्री गरेको जनाएको थियो ।  

यद्यपी कम्पनीले केही नयाँ खरिद पनि गरिरहेको छ । हालै मात्रै कम्पनीले कस्मेटिक स्टोर चेन,अल्ट्रा ब्युटी र विमानको पार्टपुर्जा बनाउने कम्पनी हेईकोको सेयर खरिद गरेको छ ।  

अमेरिकन एक्सप्रेसमा हाथवेको हिस्सा २१.३ प्रतिशत, कोका–कोलामा ९.३ प्रतिशत,चेभ्रोनमा ६.५ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.