काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ह्वात्तै घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
डब्लुटीआई क्रुडको मूल्य ३.११ प्रतिशत अर्थात २.३६ डलरले घटेर प्रतिब्यारेल ७३.५५ डलर पुगेको छ ।
यस्तै ब्रेन्ड क्रुडको मूल्य पनि २.४० प्रतिशत अर्थात १.८९ डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७६.९३ डलर कायम भएको छ ।
पेट्रोलियम पदार्थको निर्याकर्ता देशहरुको संगठन ओपेक प्लसले अक्टोबर महिनामा उत्पादन बढाउन सक्ने सम्भावना र सेप्टेम्बर महिनाका लागि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गर्ने कटौतीका कारण तेलको मूल्यमा गिरावट आएको बताइएको छ ।
यस्तै चीनको कमजोर मागका कारण समेत पछिल्लो समय कच्चा तेलको मूल्यमा गिरावट आईरहेको छ ।