काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ २१ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ कायम भएको छ ।
यसअघि गत साउन २५ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४८.९३ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६४ रुपैयाँ र बिक्रीदर १७७.४३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६ं.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.१३ रुपैयाँ र बिक्रीदर ४४१.१० रुपैयाँ कायम भएको छ ।