काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य २.२४ प्रतिशत अर्थात १.६३ डलरले घटेर प्रतिब्यारेल ७१.०६ डलरमा सीमित बनेको छ
यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.१४ प्रतिशत अर्थात १.४८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.६७ डलर कायम भएको छ ।
अगस्ट महिनामा अमेरिकामा रोजगारदर अपेक्षा गरेभन्दा कमले बढेसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो । यस्तै चीनको मागमा आईरहेको कमी पनि तेलको मूल्य घट्नुको प्रमुख कारण भएको विज्ञहरुले बताएका छन् ।