काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ खुद मूनाफा तथा सन्चित मूनाफाबाट सेयरधनीहरूलाई कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस सेयर गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।