सोमबार, असार २,२०८२ 12:31:50
  • सोमबार, असार २,२०८२ 12:31:50
Global IME Bank Limited

नेपाली बजारमा नयाँ ईभी डायुन प्रवेश, यस्ता छन् आकर्षक फिचर्स

Hyundai Nepal
नेपाली बजारमा नयाँ ईभी डायुन प्रवेश, यस्ता छन् आकर्षक फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय सवारी (इभी)भित्र्याउन आक्रामक रहेको सिजी मोटर्सले अर्को चिनियाँ ब्राण्ड नेपालका लागि सार्वजनिक गरेको छ । ‘नाडा अटो शो २०२४’ मा विभिन्न मोडलका विद्युतीय सवारी प्रदर्शन गरेको सिजी मोटर्सले शो को भोलिपल्टै डायुन अटो ब्राण्ड नेपालमा भित्र्याएको हो ।  

सिजी मोटर्सले डायुन अटोले उत्पादन गरेको विद्युतीय सवारी नेपाल ल्याएको हो । चीनको शान्सी प्रान्तमा रहेको डायुन ब्रान्डका सवारी साधन उत्पादन हुँदै आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले विभिन्न ब्राण्डका गाडीहरु बिक्री गर्ने क्रममा डायुन अटो कम्पनी लिमिटेडले उत्पादन गरेका ईभी पनि नेपाली बजारमा ल्याएको हो । डायुन गाडी अन्य इभीको तुलनामा किफायती रहेको कम्पनीले जनाएको छ ।  

सिजी मोटर्सले ३०० किमि रेञ्ज भएको एसयुबी कम्प्याक्ट एसयुभी नेपालका लागि सार्वजनिक गरेको हो । कम्पनीका अनुसार उक्त गाडीको ग्राउण्ड क्लियरेन्स २०१ एमएम रहेको छ ।  

हाल नेपालमा डायुन ब्राण्डका गाडी तीनवटा रङमा बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । जसमा एप्पल ग्रीन, आइभरी ह्वाइट र टिल रङका उपलब्ध हुनेछन् । साथै, ग्राहकले चाहेको खण्डमा इन्टेरियरको सहायतामा कालो र क्रिम रङको समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

डायुनमा स्प्लिट एलइडी हेडलाइट, ट्रेन्डी टेललाइट, २०१ एमएम ग्राउण्ड क्लियरेन्स र मल्टी–स्पोक ह्वील हब जस्ता उत्कृष्ट फिचर्स रहेका छन् । यसका साथै स्मल साइज स्पेसियस रुम, एफ एण्ड आर ह्वील्स इनडिपिन्डेन्ट ससपेन्सन, हाई–इन्टेनसिटी केज बडी डिजाइन, टर्नेरी लिथुम ब्याट्री र इक्विप्ड विथ डीसी÷एसी चार्जिङ स्पर्ट्स विशेषताहरु रहेका छन् ।  

कम्पनीका अनुसार ग्राहकको सहजताका लागि एलसीडी इन्स्ट्रुमेन्ट, ८ इन्चको सेन्टर कन्ट्रोल स्क्रिन पनि राखिएको छ ।  

डायुनको पर्फमेन्स पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार डायुनको मोटर पिक पावर ३५ किलोवाट, मोटर टर्क १०५ एनएम, ब्याट्री क्यापासिटी ३०.६६ किलोवाट रहेको छ । यसको चार्जिङ विधिहरु डीसी÷एसी रहेको छ । ९० मिनेट चार्जिङ अवधिमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ ।  

डायुन अटो २००५ मा स्थापना भएको र २००९ देखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो । नेपालमा विद्युतीय कारको प्रयोग बढेसँगै डायुन ब्राण्ड नेपाल ल्याउन थुप्रै व्यवसायिक घरानाहरु लागिपरेपनि सिजी मोटर्सले डायुनको आधिकारीक बिक्रेता पाएको थियो । 

हाल सिजी मोटर्सले केवाईसी, किङलङका विद्युतीय माइक्रोबस आयात गरिरहेको छ भने नेटा भी, नेटा एक्स, जीएसीको आयोजन ब्राण्डहरु बिक्री गरिरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.