काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ४ वटै योजनाको बुक क्लोज भदौ २८ गते हुँदैछ ।
यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ४ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० का लागि १४ प्रतिशत,एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत,एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९।२५ प्रतिशत (कर सहित)लाभांश घोषणा गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                